सर्लाही । घरायसी विवादका कारण सर्लाही हरिपूर्वा नगरपालिका ७ बसतपुरकी ३५ वर्षीया संगीता मण्डलले विषादी सेवन गरेर आत्महत्या प्रयास गरेकी छन् । उनलाई तत्कालै गम्भीर अवस्थामा प्रादेशिक अस्पताल मलंगवामा भर्ना गरी उपचार सुरु गरिएको छ ।
प्रहरीका अनुसार, संगीता मण्डलले तरकारीमा छर्ने प्रकारको ‘अगबिल’ नामक विषादी सेवन गरेकी हुन् । उनका परिवारका सदस्यहरूले उनलाई अस्पताल पुर्याएर उपचार सुनिश्चित गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटका अनुसार, गम्भीर अवस्थामा रहेकी महिलाको स्वास्थ्य अब क्रमिक रूपमा सुधार हुँदैछ । साथै, घटना सम्बन्धी आवश्यक अनुसन्धान जारी रहेको जनाइएको छ ।




