वीरगंज । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बहुदरमाई नगरपालिका २ बस्ने ५४ वर्षीय विनोद पटेल भन्ने विनोद प्रसाद कुर्मीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
साविक लिपनी विर्ता गाविस ८ पटेलनगर बस्ने २३ वर्षीय सुरेश भन्ने राम प्रसाद पटेलको २०६३ असोज ५ गते हत्या गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका २१ बाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




