सर्लाही । आज बिहीबार साँझ सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका-५ बस्ने अन्दाजी ४७ वर्षीय पुकार महतो ईश्वरपुरको जगंलबाट सुकेको दाउरा साइकलमा राखेर हरिपुर्वातर्फ जाँदै गर्दा सोही दिशाबाट आउदै गरेको ज १ त ९२७९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
पछाडीबाट ठक्कर लागेका उनको घटनास्थलमै मृत्यु भएको हरिपुर्वा प्रहरीले जनाएको छ । ठक्कर दिएर चालक भाग्न खोज्दा स्थानीय र प्रत्यक्षदर्शीले समातेर प्रहरीको जिम्मा लगाएका थिए । अहिले ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको र महतोको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।






