सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा १५ दलित घर परिपरिवारको लागि पक्की घर निर्माण हुने भएको छ । ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य एक कार्यक्रमका बिच १५ जना दलित समुदायका घर परिवारका लागि पक्की घरको शिलान्यास गर्नुभएको ईश्वरपुर नगरपालिकाले जनाएको छ ।
वडा नं २, ३ र ९ का मुसहर तथा अन्य दलित परिवारहरुको लागि पक्की घर निर्माण हुने भएपछि स्थानियहरु खुसी भएका छन् । संयुक्त आवास भवन निर्माण अन्तर्गत सहरी विकास मन्त्रालयको ७० लाख बजेटमा १५ पक्की घर निर्माण हुनेछ ।
आवास भवन निर्माण कार्य तिव्र गतिमा अघि बढाउन नगर प्रमुख आचार्यले शिलान्यास गरी ठेक्केदार कम्पनीलाई निर्देशन समेत दिनुभएको नगर प्रमुख आचार्यले जानकारी दिनुभयो ।
संयुक्त आवास भवन शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, वडा नं ३ का अध्यक्ष, वडा सदस्यहरु र प्राबिधिक लगायत वडा वासीहरुको उपस्पथिति रहेको थियो ।




