काठमाडौं । दुई मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा बारामा एक जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा चार घाइते भएका छन् ।
कलैया उपमहानगरपालिका २७ स्थित बिजुलपुरबाट कलैयातर्फ आउँदै गरेको ना २८ प नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ना ३४ प ७९२२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा करैयामाई गाँउपालिका १ का २२ वर्षीय तबरेज आलमको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । दुर्घटनामा सोही ठाँउका २५ वर्षीय नसरुदिन अन्सारी, भारत मोतिहारी पतही बस्ने ३५ वर्षीय सुरेश साह, उनकी श्रीमती ३२ वर्षीया सविता देवी र २२ वर्षीया रामप्रवेश साह रहेका छन् ।
घाइतेहरु मध्ये अंसारी र सविता देवीको अवस्था गम्भीर रहेको छ । उनीहरुको हाल वीरगन्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ ।




