काठमाडौं । वीरगन्जमा थप एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा ५ दिनदेखि उपचाररत कोरोना संक्रमित महिलाको ज्यान गएको हो । वीरगन्ज महानगरपालिका-२ की ४२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।
गत चैत २९ गते स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि भर्ना गरिएको ती महिलाको त्यहि दिन पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि अस्पतालकै आइशोलेशन वार्डमा भर्ना गरेर उपचारको क्रममा बिहीबार बिहान सवा ८ बजे उनको ज्यान गएको हो । यसअघि गत मंगलबार नारायणी अस्पतालमै पर्साका १ र बाराका १ जना गरी २ जना संक्रमितको ज्यान गएको थियो ।






