रौतहट । रौतहटमा शिक्षक सहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गरुडा नगरपालिकाको पिपरिया माध्यमिक विद्यालयमा कन्ट्रयाक्ट ट्रेसिङमा उनीहरू संक्रमणबाट उनीहरूमा कोरोना पुष्टि भएको हो ।
नगरपालिका–७ पिपरिया गाउँमा रहेको माध्यमिक विद्यालयका एक जना शिक्षक तीन दिनअघि कोरोना संक्रमित भएपछि उक्त विद्यालयका शिक्षकहरुलाई कन्ट्रयाक्ट ट्रेसिङ गरिएको थियो ।
उनीहरुको शनिबार स्वाब परीक्षण गर्दा कोरोना संक्रमित पुष्टि भएको थियो । आइतबार पनि ३ जनामा कोरोना पोजेटिभ देखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिए ।
शनिबार १५ जनाको परीक्षण गर्दा शिक्षकसहित १० जना कोरोना संक्रमित भएको थियो । आइतबारसम्म रौतहटमा २२ जना सक्रिय संक्रमित रहेका प्रजिअ यादवले बताए ।
कोरोना संक्रमित भएका शिक्षकहरुले अध्यापन गराउने विद्यालयलाई एक साता सम्म बन्द गर्न निर्देशन दिइएको प्रजिअ यादवले बताए । कोरोना संक्रमितहरु अहिले होम आइसोलेसनमै बसेका छन् ।
रौतहटमा कोरोना संक्रमित बढदै गएको भए पनि अझै पनि आइसोलेसन संचालनमा आउन सकेको छैन । गौर, देबाही गुनाही र चन्द्रपुरमा आइसुलेसन निर्माण गरिएको छ ।






