वीरगंज । वीरगंजमा १४१ जनाको स्वाब परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालमा संकलित स्वाबलाई पीसीआर प्रयोगशालामा परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।
संक्रमण पुष्टि भएकामध्ये ५५ जना पुरुष र २३ जना महिला रहेका छन् । ४ देखि ७५ वर्ष उमेर समूहका ७८ जनामध्ये ७० जना पर्साका, ४ जना बारा, ३ जना सर्लाही र १ जना बाँकेका रहेका छन् ।
सर्लाही र बाँकेका संक्रमित वीरगंज आसपासमा बसोबास गर्ने हुन् या भारतबाट आएका हुन् भन्ने यकीन नभएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।
वीरगंजमा रुघाखोकी, श्वासप्रश्वासमा समस्या तथा कडा ज्वरोका विरामीलाई मात्र चिकित्सकहरुले पीसीआर परीक्षणको लागि सिफरिस गर्ने गरेका छन् । जसमध्ये हालको संक्रमण दर चिन्ताजनक रहेको चिकित्सकहरुको भनाइ छ ।






