काठमाडौं । धनुषाको सबैलामा दुई मोटरसाइकल एकाअपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्लाको सबैला नगरपालिका– १० अरवनाका ३० वर्षीय अजय कुमार यादवको उक्त घटनामा मृत्यु भएको छ । घाइतेहरुको नाम र मोटरसाइकलको नम्बर नखुलेको धनुषा प्रहरीले जनाएको छ ।
घाइतेहरूको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा ल्याइएको छ ।




