काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जितपुरबाट पथलैया तर्फ आउँदै गरेको बा ४ प ६४४३ नम्बरको मोटरसाइकल हिजो साँझ करिब सवा ६ बजे अनियन्त्रित भई पल्टिएको थियो ।
दुर्घटनामा घाइते भएका जितपुर सिमरा–१६ मा बस्दै आएका अन्दाजी ४० वर्षीय सन्तराम राईको उपचारका क्रममा परवानीपुरस्थित बयोधा अस्पतालमा हिजै बेलुका सवा ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।




