काठमाडौं । धनुषाको मिथिला नगरपालिका–४, जगदेवपुलमा टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका–२ का २२ वर्षीय दिपु यादवको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका यादवलाई ढल्केबर अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । सिरहाबाट महोत्तरीतर्फ जाँदै गरेको लु १ क १७६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको मधेस प्रदेश–०२–००६ प ६५२७ नम्बरको मोटरसाइकल ठोक्किँएको थियो ।
सोमबार बिहान करिब ५ बजे भएको दुर्घटनापश्चात् टिपर चालक फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।




