वीरगंज । वीरगंज स्थित नारायणी अस्पतालमा उपचाररत ६१ वर्षीया कोरोना संक्रमित महिलाको ज्यान गएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १६ निवासी महिलाको नारायणी अस्पतालमा उपचारको क्रममा राति १ : १५ बजे ज्यान गएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताए ।
उनको वैशाख ३ गते पीसीआर परिक्षणको रिर्पोट पोजिटीभ आएको थियो । स्वास प्रस्वासमा समस्या आएपछि उनलाई वैशाख ५ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उनको नारायणी अस्पतालको आईसीयू वार्डमा उपचार भई रहेकोमा उपचारकै क्रममा ज्यान गएको अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिए ।






