काठमाडौं । जलेश्वर जनकपुर सडक खण्डमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज ८ प ६५३३ नम्बरको मोटरसाइकल जलेश्वर नपा ९ स्थित उक्त सडक खण्डको विगही पुलमा दुर्घटना हुँदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले कालो सर्ट तथा खैरो रङ्गको पेन्ट लगाएका ३०/३२ वर्षका देखिने मृतकको सनाखतको प्रयास भइरहेको बताए । दुर्घटना बिहान करिब साढे ६ बजेतिर भएको प्रहरीको भनाई छ ।




