वीरगञ्ज । टिपरको ठक्करबाट बाराको जीतपुर-सिमरा उपमहानगरपालिकामा एक जना पैदलयात्रीको मृत्यु भएको छ । ना ७ ख ५४६६ न. को टिपरले पैदलयात्री बारा सुवर्ण गाउँपालिका ३ हर्दिया पसुरामपुर बस्ने २० वर्षीय राजाबाबु चमारको मृत्यु भएको हो ।
मंगलबार राती जीतपुर-सिमरा १८ मोतिचोकस्थित कलैया पिलुवा सडकखण्डमा टिपरले पैदलयात्री चमारलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते भएका चमारको उपचारको लागि प्रादेशिक अस्पतालमा कलैयामा लगिएकोमा मृत्यु भएको हो ।
ठक्कर दिने टिपर र चालक पर्सा पटेर्वा सुगौली गाउपालिका २ रंगपुर बस्ने वीरबहादुर गुरुङलाई नियन्त्रणमा लिइएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




