सर्लाही । पर्सा गाउँपालिका ४ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने हरि वीरेन्द्र पासवानकी छोरी ८ वर्षीया मनिशा कुमारी पासवानको बुधबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको स्थानीय बौदीमाई पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै, घाइते भएकी एक ८ वर्षीया बालिकाको सोही क्लिनिकमा उपचार भइरहेको छ ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




