सर्लाही । सर्लाहीमा कोरोना भाइरस संक्रमणबाट एक युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा रामनगर गाउँपालिका वडा नम्बर ५ स्थित बिर्ताका ३२ वर्षीय इन्द्रजीत राय रहेका छन् ।
उनलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा शनिबार बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गत वैशाख १० गते बिरामी भएका रायलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको थियो ।
उपचारकै क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो भने उनलाई श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारको लागि काठमाडौं लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।
शवलाई नेपाल प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले रामनगर गाउँपालिका वडा नम्बर ५ स्थित बिर्ताटोलमा रहेको कुलोको छेउमा व्यवस्थापन गरेको सर्लाही प्रहरीले जनाएको छ ।






