बारा । भारतीय तीर्थयात्री बोकेको बस बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् । मृतकमध्ये ६ जना भारतीय र एक जना नेपाली रहेका छन् ।
काठमाडौंबाट जनकपुर जाँदै गरेको प्रदेश २–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो । जनकपुरबाट काठमाडौं पुगेर, त्यहाँबाट फर्किएर जनकपुर नै आउन लागेको बस राति अन्दाजी एक बजे दुर्घटनाग्रस्त हुन पुगेको हो ।
घाइते १७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा एक जना नेपाली पनि रहेको खुलेको छ । सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यस बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




