सर्लाही । सर्लाहीमा आज सोमबार दिउँसो मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मलंगवा नगरपालिका ४ निवासी रामदर्शन पासवानकी ४ वर्षीया छोरी नन्दनीको नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । ठक्कर दिने मोटरसाइकलसहित चालक फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




