सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिराहाको गोलबजार नगरपालिका ९ चोहर्वामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको मिर्चैया नगरपालिका २ का ४० वर्षीय राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका २० का ५० वर्षीय अनिलकुमार झा रहेका इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
बसमा सवार अन्य २५ जना घाइते भएका छन् । जसमध्ये २ जनाको मिर्चैया र २३ जनाको गोलबजारका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सप्तरीको राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो अनियन्त्रित भएर चोहर्वामा गोलबजार नगरपालिका ९ मा रहेको मारुती सिमेन्ट उद्योगनजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बस अनियन्त्रित भएर राजमार्गदेखि छेउमा पल्टिएको थियो । बस चालकका अनुसार स्प्रिङ पत्ता भाँचिएर बस अनियन्त्रित भएको हो ।




