बारा । बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शनिबार राति जलबिरे झरना चितवनबाट पिक्निक मनाएर वीरगञ्जतर्फ फर्किँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस दुर्घटनामा परेको हो ।
बस सिमरास्थित राष्ट्रिय बाणिज्य बैंकको भवनमा अनियन्त्रित भएर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै, बस दुर्घटना हुँदा ११ जना घाइते भएको बाराका प्रहरीले जानकारी दिएको छ ।




