बारा । मोटरसाइकल दुर्घटनामा परी बारामा एक प्रहरी जवानको मृत्यु भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका ११ घर भई ईलाका प्रहरी कार्यालय निजगढ, बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको दुर्घटनामा मृत्यु भएको हो ।
ड्युटीको सिलसिलामा जितपुर सिमरा उपमहानगरपालिका १६ ग्रिनलाइट होटल अगाडि उनले चलाएको ज १२ प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भइ दुर्घटना हुँदा उनी घाइते भएका थिए ।
सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार पश्चात् थप उपचारको लागि एलएस न्युरो अस्पतालमा लगिएकोमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।




