रौतहट । रौतहटको चन्द्रपुर–४ मा बिहिबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा परि मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
सर्लाहीको हरिवनबाट बारा जाँदै गरेको मधेश प्रदेश ०४–००१ प ४१३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सर्लाही हरिवन–३ का ५६ वर्षीय चन्द्रमान मोक्तानको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
मोटरसाइकल चालक ४५ वर्षीय छेसङ तामाङको टाउको, च्यापु र दुबै घुँडामा चोट लागेको छ । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । तीव्रगतिमा रहेको मोटरसाइकल सडकबाट तल खसेको थियो ।




