सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले अब अति आवश्यक काम परेर निषेधाज्ञा लागू भएका जिल्लाहरुमा जानु पर्दा पास उपलब्ध गराउने भएको छ । कार्यालयले बुधबार सूचना निकालेर दाहसंस्कार, पितृकार्य, विवाह, व्रतवन्ध र औषधोपचारका लागि सवारी पास उपलब्ध गराउने भएको हो ।
बिरामीहरुको हकमा बाहेक अन्यका लागि सवारी पास लिन स्थानीय तह अर्थात गाउँपालिका एवं नगरपालिकाको सिफारिस अनिवार्य चाहिन्छ । यस्तै, गाडीमा जाने व्यक्तिहरुको नाम र संख्यासहितको व्यहोरा खुलेको निवेदन, बिरामीको हकमा रेफर गरेको पत्र, सवारी चालक अनुमति पत्र र ब्लू बुक पनि चाहिने सीडीओ कार्यालयले जनाएको छ ।
कार्यालयले सवारी पासको बारेमा थप बुझ्नु परेमा कार्यालयका कर्मचारीहरु रमेश कुमार यादवको ९८४१८२८३०२, मुकेश कुमार यादवको ९८१४८४८५६७ र आस्तिक कुमार साहको ९८४५६५६२२९ नम्वरको मोवाइनल नम्बरमा फोन गर्न आग्रह गरेको छ ।






