रौतहट । वैशाख २४ गते राति १२ बजेबाट रौतहट जिल्लामा निषेधाज्ञा लागू हुने भएको छ । आज जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको उच्च जोखिम रौतहटमा समेत रहेकाले शुक्रबार राति १२ बजे देखि लागू हुने गरी वैशाख ३१ गते सम्मको लागी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
जिल्लाको विभिन्न स्थानहरुमा कोरोना संक्रमण बढ्दै गएको हुनाले जनस्वास्थ्यमा गम्भीर असर पर्ने भएको हुनाले रोकथाम तथा नियन्त्रणको लागी निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी गरेको विज्ञप्ती मार्फत जानकारी दिइएको छ ।







