सर्लाही । सर्लाहीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थत बागमती नगरपालिका ४ पुरानो चौकीमा शनिबार साँझ दुईटा मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका एक जनाको बसले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय सुनिल लामा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँएका थिए ।
दुईटा मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका लामालाई मलंगवाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख १८३६ नम्बरको बसले किचेको थियो । दुर्घटनापछि बस चालकलाई नियन्त्रणमा लिइएको छ ।




