वीरगञ्ज । सुमोको ठक्करबाट एक युवकको निधन भएको छ । सुमोको ठक्करबाट मंगलबार राति बाराको जितपुर-सिमरा उपमहानगरपालिकामा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
ना १ ज ३५२७ नम्बरको सुमोको ठक्करबाट चालक वीरगञ्ज महानगरपालिका ३२ बस्ने अन्दाजी वर्ष २७ का दीपक शर्माको मृत्यु भएको हो । जितपुर बजारस्थित सुमोले ना ५९ प ३९ नम्बरको शर्माको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
सुमोले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको परवानीपुरस्थित एलएस न्युरोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । सुमो चालक फरार भएको तथा उनको खोजी कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।




