बारा । जितपुरसिमरा उपमहानगरपालिका २ स्थित विकास शिल चोकबाट सुन जस्तो देखिने पहेलो धातु करिब ६ सय ५८ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका १८ बस्ने ५४ वर्षीय राधेश्याम माझी र गोरखा, गोरखा नगरपालिका १ बस्ने ३८ वर्षीय यदु कुमार विक रहेका छन् ।
ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले माझीको ज्याकेटको खल्तीबाट रूमालमा लुकाई छिपाई राखेको उक्त धातु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




