रौतहट । रौतहटको मौलापुर नगरपालिका ५ चोकबाट लागूऔषध नाईट्राभेट २ सय ८९ ट्याब्लेटसहित फतुवा विजयपुर नगरपालिका ८ विजयपुर बस्ने २८ वर्षीय संजय कुमार दासलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले बारा पटेर्वाबाट विजयपुरतर्फ जाँदै गरेको ना १३ प ४१९२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




