वीरगंज । पर्साको वीरगंज महानगरपालिका १६ भानुचोकबाट अवैध लागूऔषध खैरो हेरोइन सहित ३ जना पक्राउ परेका छन् । लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ग्रामसहित तीन जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले सोही ठाउँ बस्ने ६१ वर्षीय राजबली महतो समेत तीन जनालाई पक्राउ गरेको हो । प्रहरी चौकी बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।




