वीरगञ्ज । लागुऔषधसहित वीरगञ्जबाट एक जना पक्राउ परेका छन् । लागुऔषधसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २३ बस्ने १८ वर्षीय राकेश दास तत्वा रहेका छन् ।
वीरगञ्ज महानगरपालिका २५ स्थित सडकखण्डबाट तत्वालाई चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट ओनेरेक्स ३७ बोतल बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।




