बारा । बारामा बस दुर्घटनामा परेर बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी सुवर्ण गाउँपालिका ३ सतगञ्जमा कलैया उपमहानगपालिका ८ मदर्सा टोलकी २ वर्षिया बालिकाको ज्यान गएको हो ।
कलैयाबाट सतगञ्जतर्फ जाँदै गरेको ना ३ ख ९९९० नं को यात्रुबाहक बसबाट आमासँगै झर्ने क्रममा बालिकालाई अर्को बसले ठक्कर दिँदा उनको घट्नास्थलमै मृत्यु भएको हो । बालिका आमासित बस चढेर मामाघर जाँदै थिइन् ।
घटनापछि मृतकका आफन्तले बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ । बालिकाको शव कलैया प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले बसका चालक मुरारी चौधरीलाई नियन्त्रणमा लिएको छ ।




