सिरहा । सिरहा प्रहरीले मिर्चैयाबाट ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले मिर्चैया नगरपालिका ६ एकता टोलबाट स्थानीय ३४ वर्षीय शत्रुधन ठाकुरलाई आफ्नै घर अगाडिबाट १५ ग्राम लागु पदार्थसहित नियन्त्रणमा लिएको हो ।
ठाकुरलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए । नियन्त्रणमा लिइएका शर्मालाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा राखी अनुसन्धान भइरहेको सूचना अधिकारी पाण्डेले जानकारी दिए ।




