बारा । बारामा ट्रक र जीप ठोक्किँएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । त्यस्तै, अन्य चार जना घाइते भएका छन् । हेटौंडाबाट पथलैया तर्फ गुडिरहेको जीप र पथलैयाबाट हेटौंडा तर्फ गुडिरहेको ट्रक जितपुर–सिमरा १ आधाबार जङ्गलखण्डमा ठोक्किँएका हुन् ।
दुर्घटनामा जीपमा रहेका नुवाकोट जिल्ला बिदुर नगरपालिका ९ का सुजन मगराती र भारत मोतिहारीका चन्दन चौहानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




