रौतहट । रौतहटबाट सर्लाहीतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । १४ जना सवार ना १ त २१९७ नम्बरको ट्याक्टर बरहथवा नगरपालिका १५ मा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा रौतहटको गढीमाइ नगरपालिका ९ मलाही निवासी रामनाथ सहनी र सोहि ठाउँका ५५ वर्षीय जयलाल सहनीको रहेका छ्न् ।
दुर्घटनामा बारा गढिमाईकै १७ वर्षीय आकाश सहनी, १२ वर्षीय किसन सहनी, ४८ वर्षीया गर्भी देवी सहनी, ४५ वर्षीया सुखली देवी, १८ वर्षीय नितेश सहनी, १६ वर्षीया किशोरी अञ्चलाकुमारी र ६७ वर्षीय वृद्ध रामप्रसाद सहनी घाइते भएका छन् ।
घाइतेमध्ये बालक आकाश सहनी र किसन सहनीको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई रौतहटको गरुढामा सामान्य उपचारपछि थप उपचारको लागि वीरगंज लगिएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।




