सिरहा । सिरहामा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका १० बस्ने ३७ वर्षीय अशाराम दास रहेका छन् ।
उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । आइतबार बेलुकी दासले ती युवतीलाई फकाएर सोही नगरपालिका १० धनगढीस्थित आँपको बगैंचामा जबरजस्ती करणी गरेको उजुरी प्राप्त भएको थियो ।
सोही उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




