धनुषा । जनकपुरधाममा स्कुल बसले ठक्कर दिँदा सडकमा हिँडिरहेका दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान साढे १० बजे बिहेका लागि माटो लिएर आइरहेका महिलाहरूलाई स्कुल बसले ठक्कर दिएको थियो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ४ जना पनि गम्भीर घाइते भएका छन् । मृत्यु हुनेका एक जना ३५ वर्षीय राखीदेवि यादव छिन् भने अर्की एक जना महिलाको नाम खुल्न सकेको छैन ।
प्रदेश २-०२-००१ क नम्बरको एजल्स विद्यालयको बस तीव्र गतिमा रहेकाले उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । जनकपुर-जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा दुर्घटना भएको हो ।
दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । प्रादेशिक अस्पताल जनकपुरधाममा उनीहरूको उपचार भइरहेको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले सडकमा टायर बालेर दोषीलाई कारवाहीको माग राख्दै आन्दोलन समेत गरेका थिए ।




