वीरगंज । पर्सागढीमा गएराति टाटा सुमो गाडी दुर्घटनामा परेको छ । जीतपुरबाट मनवा बजारतर्फ जाँदै गरेको ना १ ज ३५७८ नम्बरको सुमो तीव्र गतिको कारण दुर्घटना भएको हो ।
पर्सागढी नगरपालिका वडा नं ३ बडनिहार बजार नजिक गहुँखेतमा दुर्घटना भएको हो । सुमोमा कोहि यात्रु नरहेको र चालक कुन्दन महतो सकुशल रहेको बडनिहार प्रहरी चौकीले जनाएको छ ।




