सर्लाही । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले आगो लगाएका छन् । कविलासी नगरपालिका १० सलेमपुरमा सोमबार बिहान साढे १० बजेतिर उक्त बसले स्थानीय ५० वर्षीय जुगल महतोलाई ठक्कर दिएपछि स्थानीयले आगो लगाएका हुन् ।
नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसमा स्थानीयले आगो लगाएका हुन् । बसको ठक्करबाट गम्भीर घाइते भएका महतोको हाल मलंगवामा रहेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीयले आगो लगाएपछि बसका चालक भागेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । सलेमपुरमा रहेको सशस्त्रको वेस क्याम्प नजिकै स्थानीयले बसमा आगो लगाएका हुन् ।




