बारा । बारामा चर्को आवाजमा डीजे बाजा बजाउँदै ध्वनि प्रदूषण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जितपुर सुमरा उपमहानगरपालिका २० बस्ने रामपुर बस्ने २० वर्षीय मुन्ना कुमार साह रहेका छन् । उनी जीप चालक समेत हुन् ।
यस्तै जितपुर सुमरा उपमहानगरपालिका वडा नम्बर १२ बस्ने रामाकान्त थारुका छोरा २० वर्षीय मोहित चौधरी रहेका छन् । उनी डिजे धनी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई फागुन २८ गते दिउँसो ३ बजे कलैया उपमहानगरपालिकाको बजार एरियामा नियन्त्रणमा लिइएको हो ।
सोमबार दिउँसो उपमहानगरपालिकाको बजार एरियामा चर्को आवाजमा डीजे बजाउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनलाई डीजे गाडीसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको न्यौपानेको भनाई छ ।





