बारा । जिल्ला प्रहरी कार्यालय, बाराले जालसाजी मुद्दा लागेपछि फरार भएका एक जनालाई पक्राउ गरेको छ । ६ हजार २५० रुपैयाँ जरिवाना भई फरार भएका ५० वर्षीय बिजुलीप्रसाद साह पक्राउ परेका हुन् ।
जिल्ला अदालत बाराबाट महागढीमाई नगरपालिका ७ बेनौली घर भई हाल कलैया उपमहानगरपालिका १ मोतिबाग बस्ने साहलाई पक्राउ गरी जिल्ला अदालत बारामा बुझाइएको जिप्रका, बाराले जनाएको छ ।




