वीरगंज । सखुवाप्रसौनी गाउँपालिका ६ लखनपुर र प्रसौनी बीच हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकको निधन, एक जना गम्भीर घाइते भएका छन् । गण्डक नहरदेखि उत्तरतर्फ साँझ सात बजे दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा दुवै मोटरसाइकलका चालक घाइते भएकामा जगरनाथपुर गापा ४ सुपुर निवासी हरिन्द्र चौधरीको निधन भएको छ भने अर्का चालक वीरगंज महानगरपालिका वडा नं. ३ निवासी जावेद आलम सिकिस्त घाइते छन् । दुर्घटना हुँदा उनीहरू बेहोश अवस्थामा थिए ।
एम्बुलेन्समा राखी उनीहरूलाई उपचारका लागि वीरगंज पठाइएको प्रहरी चौकी महुवनले जनाएको छ । दुवै मोटरसाइकलमा चालक मात्र रहेका र उनीहरू बेहोश अवस्थामा भएका बखत उनीहरूको तत्काल पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।




