रौतहट । एसइई परिक्षामा चिट चोराएको आरोपमा एक जना प्रधानध्यापकसहित पाँच जना परिक्षा निरीक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पिपरा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका श्री मा.वि. पथराका प्रधानाध्यापक राजदेवी न.पा. वडा नं. १ बस्ने ४५ वर्षीय उतिचन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तै पक्राउ पर्नेहरुमा श्री सरस्वती मा.वि. गढीमाई न.पा. वडा नं. ७ मा बस्ने २२ वर्षीय ललन राय यादव, मौलापुर न.पा. वडा नं. ६ मा बस्ने श्री.नि. पथरा बुधराम परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका ४८ वर्षीय राम अमोद प्रसाद यादव, मौलापुर न.पा. वडा नं. ६ मा बस्ने श्री शंकर मा.वि. सरमुजवा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका ४४ वर्षीय अबधलाल राम र २५ वर्षीय राकेश कुमार यादवसहित श्री सरस्वती मा.वि. पिपरा परीक्षा केन्द्रमा अनुमति विना प्रवेश गरेका राजपुर न.पा. वडा नं. १ मा बस्ने राम सोगारथ साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई एसईई परीक्षाको मर्यादा भङ्ग गरेको कसुरदारमा पक्राउ गरी शिक्षा ऐन, २०२८ को दफा १७ को उपदफा १ (क) अन्तर्गको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटकी सुचना अधिकारी डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।




