रौतहट । गुजरा नगरपालिकाको जंगलसैयामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको विषय सहमतिमा टुङ्गिएको छ । मृतक परिवारलाई क्षतिपूर्ति दिने भएसँगै विषय सहमतिमा टुङ्गिएको हो ।
बीमा बापतको पाँच लाखसहित अढाई लाख रुपैयाँ थप क्षतिपूर्ति बापत दिने मौखिक सहमति भएपछि शव शल्यपरीक्षणका लागि अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
गुजरा नगरपालिका वडा नं. ३ मामाघरमा बस्दै आएका १३ वर्षीय बालक शेख शाहनबाजको बाटो काट्ने क्रममा ना ७ त ७५७ नम्बरको ट्याक्टरको ठक्करबाट मृत्यु भएको थियो । घटनापछि स्थानीयले प्रदर्शन गरेका थिए ।
गुजरा नगरपालिकाकी उपप्रमुख रत्ना लामा, स्थानीय जनप्रतिनिधि, मृतक परिवारका सदस्यहरू र स्थानीय प्रहरी प्रशासनको रोहबरमा छलफल भएर क्षतिपूर्ति दिने कुरामा सहमति भएको हो ।
ट्याक्टर चालक सोही नपाका २३ वर्षीय मुजामिल मियाँ मन्सुरी र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय, लक्ष्मीनियामा राखिएको छ ।




