धनुषा । धनुषामा गहुँ खेतमा महिलाको शव भेटिएको छ । जिल्लाको हंसपुर नगरपालिका ७ की ५५ वर्षीया शुभ देवी मण्डलको शव गहुँ खेतमा फेला परेको हो ।
जिल्लाकै सहिदनगर नगरपालिका ४ ननुपट्टी गएकी मण्डल शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् । उनको शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ । कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका छ । साँझदेखि हराइरहेको उनको खोज तलासको क्रममा हत्या गरेको अवस्थामा शव फेला परेको हो ।




