महोत्तरी । महोत्तरीको बर्दिबासमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका २ कालापानी जंगल क्षेत्रमा बार प्रा ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।
दुर्घटनामा सर्लाहीको ईश्वरपुर ५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारका लागि जनसेवा अस्पताल, बर्दिबास लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।




