वीरगंज । जिल्ला प्रहरी कार्यालय, बाराले चोरी र बोक्सी आरोपमा मुद्दा लागेपछि फरार दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, परवानीपुरले फरार दुई जनालाई शनिबार पक्राउ गरेको हो ।
बारा जिल्ला अदालतले चोरी मुद्दामा ४ महिना कैद र ३३ सय रुपैयाँ जरिवाना गरेपछि फरार रहेका परवानीपुर गाउँपालिका १ रहरियाडी बस्ने १९ वर्षीय रामपुकार कुशवाहालाई इलाका प्रहरी कार्यालय, परवानीपुरले शनिबार पक्राउ गरेको थियो ।
यसैगरी, बारा अदालतले बोक्सी आरोप मुद्दामा पाँच महिना कैद सजाय गरेपछि फरार रहेका कलैया उपमहानगरपालिका २७ बर्वाटोल बस्ने ५९ वर्षीय हनुमान सहनीलाई पनि पक्राउ गरी कैद भुक्तानको लागि अदालतमा उपस्थित गराएको जिप्रका, बाराले जनाएको छ ।




