वीरगन्ज । पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ नम्बरको मोटरसाइकलमा सवार अर्जुन पटेलको मृत्यु भएको हो ।
उनको नाम पहिचान भएपनि ठेगाना पहिचान भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका उनको थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वीरगन्जबाट सुख्खा बन्दगाहतबाट आइरहेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आइरहेको सो मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको पर्सा प्रहरीले जनाएको छ ।
दुई वटै मोटरसाइकलमा सवार अन्य तीन जना भने खत्तरामुक्त रहेको र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिमा मोरटसाइकल चलाइएकोले दुर्घटना भएको हुन सक्ने आकलन प्रहरीले गरेको छ ।




