सर्लाही । ७० वर्षीया वृद्धाको हत्या गरी फरार रहेको आरोपमा बागमतीबाट पक्राउ परेका एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा रौतहटको बृन्दावन नगरपालिका वडा नम्बर ५ नरकटिया बस्ने ३९ वर्षीय प्रमोद चौधरी रहेका छन् ।
गएको चैत २० गते सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ४ जिरायत जंगल टोल बस्ने बौधु महतोकी ७० वर्षीया श्रीमतीलाई काठको मुड्काले टाउको तथा शरीरका अन्य भागमा प्रहार गरी हत्या गरेर फरार आरोपमा उनलाई प्रहरीले हत्याको भोलिपल्ट अर्थात् चैत २१ गते पक्राउ गरेको जनाएको छ ।
चौधरीलाई प्रहरीले बागमती नगरपालिका वडा नम्बर १ नहर नजिकबाट पक्राउ गरेको थियो । वैशाख १७ गते सर्लाही जिल्ला अदालतको आदेशले उनलाई पुर्पक्षका लागि करागार पठाएको हो ।




