महोत्तरी । टिपरमा मोटरसाइकल ठोक्किन पुग्दा एक युवकको ज्यान गएको छ । गत दुई दिनदेखि सडकमा अलपत्र छाडिएको टिपरमा ठोक्किँएर गएराति करिव डेढ बजे मोटरसाइकलमा सवार युवकको ज्यान गएको हो ।
राति सडक सुनसान भएको समयमा तिव्रगतिमा रहेको मोटरसाइकल विग्रेको टिपरको पछाडि भागमा ठोक्किँएर दुर्घटना हुँदा घटनास्थलमै युवकको ज्यान गएको प्रहरीले जनाएको छ ।




