सर्लाही । पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत रामनगर गाउँपालिका ५ बिर्ता टोलमा एम्बुलेन्स र मोटरसाइकल जुध्दा तीन जना घाइते भएका छन् । मलङ्गवाबाट बलरातर्फ गइरहेको ज १ झ ४११ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३० ए एफ ५४६१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीन जना घाइते भएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक भारत सितामढीस्थित ग्राम बेलवा बस्ने ३० वर्षीय जयप्रकाश यादव, मोटरसाइकल पछाडि सवार रामनगर गाउँपालिका ४ बस्ने ४५ वर्षीय आशबिहारी यादव र बलरा नगरपालिका ८ बस्ने ४० वर्षीय जयमङ्गल यादव घाइते भएका छन् । घाइते तीनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।




